तपाईँ सुन्दै हुनुहुन्छः

मधेसी र थारु महिलाहरूको जितिया पर्व उल्लासका साथ सम्पन्न

सुनसरी । सुनसरीमा मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । 

मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व सोमबारबाट विधीवत रुपमा शुरु भई बुधवार आज साँझ ५ बजे पारण गरी व्रत सम्पन्न हुँदै छ । 

जितिया पर्व सोमबार बिहान नुहाएर खाएपछि शूरु भएको ३ दिने व्रत तथा पर्व बुधवार सम्पन्न भएको हो । 

सुनसरी सहित दुहबी का व्रतालु महिलाहरू आफ्ना सन्तानको रक्षाका लागि यस जितिया पर्वमा उपबास बस्ने गर्दछ कथा प्रवचन सुन्ने र उपवास बस्ने महिलाहरू यो पर्वलाई आस्था, निष्ठा र भक्ति पूर्वक गर्ने लगायतका कार्यक्रममा उपवासको तयारीमा जुटेको दुहबी ६ की सरिता यादवले बताउनुभयो । 

जितिया पर्वको लागि उपवास बस्ने महिलाहरूले घर आँगन लिपपोत गरी बिहान नदी, कुवा, पोखरी, लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दूर, केराको पात, तुलसीको पात, अगरबत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पूजापाठ गरी जितिया पर्वको आरम्भ गरिन्छ । 

त्यस पश्चिम दिनभरि मिठा–परिकारहरू खाने बेलुकी पख व्रतालुहरू घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ पूजा सुरु गर्छन् । त्यसपछि सूर्योदय हुनु पूर्व विशेष गरी माछा, दही, चिउरा, ओल, मिष्ठान लगायतको परिकार खाने गरिन्छ । दिन भरको खानपिन पछि फेरी सुर्यउदाय हुनुभन्दा ३/४ घण्टा पहिले स–परिवार भोजन गर्ने प्रचलन रहेको छ जसलाई ‘ओड्गन’ भनिन्छ । 

उपवास बसेको भोलिपल्ट ‘पारन’ अर्थात पूजापाठ गरी शुरुमा तुलसीको पात खाएर अनि मात्र भोजन गरी जितिया पर्व सम्पन्न हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button