सञ्चारमैत्री आमसञ्चार विधेयक आउँछ : कानूनमन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले ल्याउने आमसञ्चार विधेयक कमीकमजोरी सुधारेर सञ्चारमैत्री हुने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा बुधवार आयोजना गरेको मानव अधिकारमैत्री पत्रकारिता विषयक कार्यक्रममा बोल्दै मन्त्री थापाले आमसञ्चार विधेयकलाई संशोधन गरेर सञ्चारमैत्री बनाएर अगाडि बढाउने बताउनुभएको हो ।
‘प्रदेश सरकारले आमसञ्चार विधेयकलाई सरोकारवालासँग समन्वय गरेर विवाद नहुने गरी तयार गरी अगाडी बढाउँछौँ’ उहाँले भन्नुभयो, ‘अहिले उक्त विधेयक सदनमा विचाराधीन अवस्थामा छ ।’
मन्त्री थापाले अगाडि भन्नुभयो ’अहिले विधायक समितिमा गएको ‘आमसञ्चार विधेयक’ गएको छ ।’ ‘आमसञ्चार विधेयक’मा रहेका कमीकमजोरी सुधारेर मात्रै आउने मन्त्री थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्