स्यालको समूहले आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घरपालुवा जनावर घाइते भएका छन् ।
करिब ५–६ वटा स्यालको समूहले खेतमा काम गरिरहेका किसान, घरमा बसैका मानिस, खेलिरहेका बालबालिका र घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको हो ।
देवानगञ्ज गाउँपालिका–७ की ७० वर्षीय मजियादेवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरेपछि घाइते भएकी छन् । उनको कोशी अञ्चल अस्पताल विराटनगर उपचार भइरहेको छ । उनका छोरा रामजी मेहता कारी र सोही ठाउँका कालिचरण मेहता पनि स्यालको टोकाइबाट घाइते भएका थिए । स्याल आतङ्क बढेपछि स्थानीयले १ वटा स्याल मारेका छन् ।








प्रतिक्रिया राख्नुहोस्