तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा एक महिलाको शव फेला

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित सेती नदीमा रहेको पानकोट पुलको मुनी बुधवार एक महिलाको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार झण्डै २५ वर्ष उमेरकी महिलाको शव पुल मुनी बेवारिसे अवस्थामा भेटिएको हो । पुलमुनि नदीको किनारमा ग्याविन जालीमा अड्किएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिनुभयो । 

महिलाको शव चिनिने अवस्थामा नभएको र थप अनुसन्धान भइरहेको समेत डिएसपी खड्काले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button