तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महानगर सचेतक लामिछानेद्वारा राजीनामा

कास्की । पोखरा महानगरपालिका नेपाली काँग्रेस संसदीय दलका नेता तथा सचेतक रामराज लामिछानेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा पराजित भए लगत्तै उहाँले महानगरको दलको नेता तथा सचेतकबाट राजीनामा दिएको बताउनु भएको छ । कांग्रेस महानगर सभापतिमा उहाँ केही दिनअघि मात्र पराजित हुनुभएको थियो । सभापतिका ६ प्रतिस्पर्धी मध्ये लामिछाने तेस्रो हुनुभएको थियो ।

लामिछानेले एक राजीनामा पत्र लेख्दै भन्नु भएको छ ”महानगरको सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गर्दछु“ । आफूलाई सो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली काँग्रेस कास्की, नेपाली काँग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्य लगायत महानगरवासीप्रति उहाँले आभार समेत व्यतm गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button