तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ किङ्स–११ र पोखरा राइनोजबीचको खेल स्थगित

काठमाडौँ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत काठमाडौँ किङ्स–११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको छ ।

टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौँ र पोखराबिचको खेल स्थगित गरिएको हो ।

आइतबारबाट लगातार परेको वर्षा र मङ्गलवार पनि वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेका हुन् । काठमाडौँ र पोखराबिचको खेल टस समेत नभई स्थगित भएको हो । 

काठमाडौँ र पोखराबिचको खेल मध्यान्ह १२ः१५ बजे सुरु हुने तालिका थियो । वर्षाका कारण सोमबार दुई खेल स्थगित भएको थियो । सोमबारको खेल अर्को मितिमा हुनेछ । त्यस्तै आइतबार एक खेल रद्द भएको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले पहिलो खेलमा साबिक विजेता ललितपुर ग्लाडियटर्सलाई हराएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाडेको थियो । 

भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अङ्क पाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button