ड्याममा डुबेर एक जनाको मृत्यु
बारा । बारामा पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ बस्ने बर्ष ४३ का भगवान् काजी रहेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१५ स्थित बेंगे खोला पुल नजिकै सिँचाइका लागि बनाइएको ड्याममा डुबेर एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
ड्याममा पौडी खेल्ने क्रममा काजीको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । प्रहरी टोलीले स्थानीयको सहयोगमा कार्कीको शव ड्यामबाट निकालेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्