तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक भैँसी पालनबाट मासिक एक लाख आम्दानी

सल्यान । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका प्रमेश के.सी.ले व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी आम्दानी गर्दै आइरहेका छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद केसीले भैँसी पालनबाट मासिक एक लाख बढी आम्दानी गर्दै आइरहेका छन् ।  

छोरोले देश विदेश चहारेर पैसा कमाउनु पर्छ भन्ने सामाजिक मान्यतालाई चिर्दै केसीले अर्ग्यानिक कृषि तथा पशुपक्षी भैँसी फर्म दर्ता गरेर मासिक १ लाख २६ हजार आम्दानी गर्दै आइरहेका छन् । भैँसी पालनबाट राम्रो आम्दानी देखेर भैँसी फर्म सञ्चालन गरेको उनको भनाई छ । 

आठ वटा दुहुना भैँसीबाट दैनिक ७० लिटर दूध बजार पठाउने गरेको उनको भनाई छ । ६० रुपैयाँ प्रतिलिटरका हिसाबले दूध बिक्री भइरहेको उनले बताए । भैँसी फर्म सञ्चालन गर्दै आइरहेका केसीले दुई जनालाई उनले रोजगारी दिएका छन् । 

व्यावसायिक भैँसीसँगै केसीले व्यावसायिक कुखुरा पालन पनि गर्दै आइरहेका छन् । ब्रोइलर जातका कुखुरा पालनबाट उनले वार्षिक ८ लाख आम्दानी गर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button