तपाईँ सुन्दै हुनुहुन्छः

बिरामी परेका ७७ जनाको स्वाब सङ्कलन

पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ पकुवाका दुई विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

स्थानीय विश्वज्योती मावि र रानीस्वाँरा प्राथमिक विद्यालयका विद्यार्थी , शिक्षक र अभिभावक गरी ७७ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाइएको कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो । दुई वटा विद्यालयका विद्यार्थीलाई एक्कासि ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि पठनपाठन रोकिएको छ ।

विद्यार्थीहरू बिरामी परेपछि विद्यालय बन्द गरी नगरपालिकाले सबैको स्वाब सङ्कलन गरी परीक्षणका लागि धौलागिरी अस्पताल बागलुङमा पठाइएको सापकोटाले बताउनुभयो । कोरोना सङ्क्रमणको आशङ्कामा उनीहरूको स्वाब परिक्षण गर्न पठाइएको हो । वैशाखदेखि बन्द रहेका विद्यालय असोज १ गते देखि खोलिएको थियो । विद्यार्थी बिरामी पर्न थालेपछि असोज ९ गतेदेखि विश्वज्योती मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको छ । बिरामी परेका विद्यार्थीलाई होम आइसोलेसनमा राखिएको वडाध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button