तपाईँ सुन्दै हुनुहुन्छः

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णु सुवेदी नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सुवेदीले यसअघि अन्नपूर्ण पोस्टको अनलाइन सम्पादक तथा नेपाल समय र नेपाल तार न्यूजको सम्पादकको जिम्मेवारी पूरा गर्नुभएको छ ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button