तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली फुटबल टिम माल्दिभ्स पुग्यो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ ।

साफ च्याम्पियनसिप खेल्नका लागि नेपाली टोली माले पुगेको हो । नेपाली टोली कतारमा १५ दिनको तयारी सकेर माल्दिभ्स पुगेको हो ।

कतारमा आइतबार राति ओमानसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली माल्दिभ्स गएको हो । ओमानसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ ले पराजित भएको थियो ।

असोज १५ गतेको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button