तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतालाई समृद्ध बनाउनुपर्छ’

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दशौँ हजार शहीदको योगदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिकका मूल्य मान्यतालाई समृद्ध बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । 

ललितपुरको महालक्ष्मी नपा–६ सिद्धिपुरमा निर्माण गरिएको समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा स्थापित सालिक अनावरण गर्दै उहाँले जनताको अधिकारलाई संरक्षण गरेर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । 

जनप्रतिनिधि र क्रान्तिकारी पार्टीको जिम्मेवार व्यक्तिका रूपमा आफू र आफ्नो पदीय दायित्वबाट जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उहाँले अष्टमान र चन्द्रबहादुरले जनताको पक्षमा निर्वाह गरेको भूमिकालाई निरन्तर स्मरण गर्ने बताउनुभयो । 

कार्यक्रममा ललितपुरबाट प्रदेश एवं स्थानीय निर्वाचित जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button