तपाईँ सुन्दै हुनुहुन्छः

इपीएलः वर्षाका कारण दोस्रो खेल पनि प्रभावित

काठमाडौँ । एभरेस्ट प्रिमियर लिगमा वर्षाका कारण तेस्रो खेल पनि प्रभावित भएको छ ।

आइतबार भारी वर्षा हुँदा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सको खेल रद्द भएको थियो भने सोमबार बिहान तय भएको काठमाडौँ किंग्स ११ र विराटनगर वारियर्सको खेल पनि हुन सकेन । 

आइतबार भारी वर्षाका कारण कीर्तिपुर मैदानको आउट फिल्ड भिजेकाले गिलो भएको भन्दै दुई घण्टा कुरेर अन्तिममा स्थगित भएको थियो । यो खेल अर्को दिन डे अफमा खेलाइने बताइएको छ । 

त्यसपछि दिउँसो फेरी वर्षा हुँदा कीर्तिपुर मैदानमा फेरी पानी जम्दा खेल हुन सकेन । टसको समय कुर्दै गर्दा वर्षा भएपछि खेल स्थगित गर्नुपर्ने अवस्था आएको हो । 

टसका लागि अम्पायरले मैदानको निरीक्षण गर्दा अन्तिममा साँढे २ बजेको समय तोकिएको थियो । तर यही बिचमा भारी वर्षा भएर मैदानमा पानी जमेपछि खेल रद्द गर्नुपर्याे । 

असोजको महिनामा पनि प्रतिकुल मौसमका कारण इपीएलमा त्यसका असर परेको छ । वर्षाले खेल नहुने भएपछि त्यसको प्रत्यक्ष असर टिमको पोइन्ट टेबलमा परेको छ । 

पहिलो खेलमा पनि जितका लागि ठूलो सम्भावना बोकेको भैरहवाको खेल स्थगित हुँदा उसलाई घाटा भएको थियो भने सोमबार पनि उसकै खेलमा पानी पर्दा टिमलाई झन् दबाब बढेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button