बरियारपुर बजारमा आगलागी हुँदा लाखौँको क्षति
बारा । बारा जिल्लाको बरियारपुर बजारमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
महागढीमाई नगरपालिका वडा नं.१ बरियारपुर बजारमा आगलागीमा परि करिब २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको हो ।
बिजुलीको तार सर्ट भई आज बिहान उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा आगलागी भएको थियो । आगलागीबाट छेउका ३ पसलमा पनि क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
आगलागीका कारण कुशवाहाको सागर मोबाइल सेन्टर, जितेन्द्र कुशवाहाको टिभी पसल र उपेन्द्रको घरमा भएका सामाग्री नष्ट भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्