तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस १४ औँ महाधिवेशन : अछाममा ७ पालिकामा सर्वसम्मत र ३ पालिकामा मतदानबाट नेतृत्व चयन

अछाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अछाममा गाउँपालिका र नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाका बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मङ्गलसेन नगरपालिका र कमल बजार नगरपालिका गरी ७ पालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ ।

बाँकी तीन वटा तहमा निर्वाचन प्रणालीबाट अधिवेशन भएको छ ।

तुर्माखाँद गाउँपालिका, साँफेबगर नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा निर्वाचन प्रणालीबाट अधिवेशन सम्पन्न भएको कांग्रेस अछामका सचिव नम बहादुर शाहीले बताउनु भयो ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा कर्ण बहादुर ठकुल्ला गाउँपालिका सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

मेल्लेख गाउँपालिकामा खकेन्द्र बहादुर साउँद, रामारोशन गाउँपालिकामा मान बहादुर साउँद, कमलबजार नगरपालिकामा पदम बहादुर भण्डारी, ढकारी गाउँपालिकामा धन बहादुर बुढा, चौरपाटी गाउँपालिकामा धर्म बहादुर साउँद, मङ्गलसेन नगरपालिकामा झपट बहादुर रावल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै तुर्माखाँद गाउँपालिकामा कविराम बयक, साँफेबगर नगरपालिकामा लाल बहादुर कुँवर नेत्र र पञ्चदेवल विनायक नगरपालिकामा सर्जन बहादुर शाही निर्वाचन प्रणालीबाट विजय हुनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button