रोटावेटरमा बेरिदा युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा खेत जोत्ने रोटावेटरमा बेरिदा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको महाराजगंज नगरपालिका ६ छोटकी बुटहानियामा २२ वर्षीय दिलीप कहाँर को घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लु ४ त ७९२१ नम्बरको ट्र्याक्टरले खेत जोत्ने क्रममा उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको कृष्णनगर प्रहरी निरीक्षक सुखदेव पौडेलले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्