तपाईँ सुन्दै हुनुहुन्छः

मझगाउँ विमानस्थल पुनःसञ्चालनको अध्ययनका लागि प्राविधिक टोली कञ्चनपुरमा

 कञ्चनपुर – कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनको अध्ययनका लागि प्राविधिक टोली कञ्चनपुर पुगेको छ ।

उक्त टोलीले मझगाउँ विमानस्थल परिसरमा नै प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्टयन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट र मझगाउँ बिमानस्थल पुनः सञ्चालन समितिका अध्यक्ष रमेश चन्दलगायतसँग बृहत् छलफल गरेको छ ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका पदाधिकारी सहित जनप्रतिनिधिहरुको एक टोलीले केही महिना पहिले संघीय राजधानी काठमाडौँ गएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई लगायत सम्बन्धित पक्षकोे ध्यानाकर्षण गराएको थियो । सोही क्रममा पर्यटन मन्त्री भट्टराईले असोज महिना भित्रै प्राविधिक टोली कञ्चनपुर पठाउने प्रतिबद्धता जनाउनु भएको थियो । सोही अनुरुप उक्त टोली विमानस्थल पुनः सञ्चालनको प्राविधिक अध्ययनका लागि कञ्चनपुर पुगेको प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले जानकारी दिनुभयो ।

सशस्त्र द्वन्द्वकालमा सुरक्षा चुनौतीको कारण देखाउँदै दुई दशक पहिले मझगाउँ विमानस्थल बन्द गरिएको थियो । त्यसयता विमानस्थल पुनः सञ्चालनको माग गर्दै सरोकारवालाहरुले बेलाबेलामा संघर्ष समिती बनाएर दवावमूलक कार्यक्रम गर्दै आएपनि बिमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button