तपाईँ सुन्दै हुनुहुन्छः

खुले जाजरकोटका विद्यालय

जाजरकोट । जाजरकोटका सबै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालन भएर पठनपाठन समेत शुरु भएको छ । कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि सयौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । अहिले धमाधम विद्यालय खुलेपछि विद्यार्थीहरू सुखीले गदगद भएका छन् । कोरोना महामारीका कारण गत चैतदेखि बन्द जाजरकोटका विद्यालय धमाधम खुल्न थालेका छन् । सङ्क्रमणको जोखिम घट्दै गएपछि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन भएका भेरी नगर शिक्षा शाखा प्रमुख अमृत पुनले बताउनु भयो । 

लामो समय पछि विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरू भने निकै खुसी देखिएका छन् । पठनपाठन क्रियाकलाप सञ्चालनमा आएपछि विद्यार्थीहरू नियमित रुपमा विद्यालय आउने गरेका छन् । 

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयले पठनपाठन सञ्चालन गरेको विद्यालयले जनाएका छन् । लामो समयसम्म भएको बन्दाबन्दी लकडाउनले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो, छ महिना पछि विद्यालय खुलेपछि विद्यार्थीहरूको पठनपाठनमा सहजता आउने पुनको भनाइ छ । कोरोना महामारीका कारण लामो समय देखि पठनपाठन प्रभावित भएको बताउँदै त्रिभुवन माध्यमिक विद्यालय खलङ्गा प्रधानाध्यापक भक्तबहादुर मल्लले सामाजिक दुरी कायम गरेर पठनपाठन गरिएको बताउनु भएको छ । 

जिल्लाका ४ सय १२ सामुदायिक र ३० वटा संस्थागत विद्यालयमा ७० हजार विद्यार्थीको पठनपाठन सहज भएको हो । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयले पठनपाठनमा जोड दिनु अभिभावक गोविन्द ओलीले बताउनु भयो । बारेकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर मल्लका अनुसार स्वास्थ्यका मापदण्ड पुरा गरी आलोपालो समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठन–पाठन सुरु गरिएको बताउनु भएको छ । 

उक्त पालिकामा आठ माध्यमिक, ११ आधारभूत र २५ प्राथमिक विद्यालय र सात बालविकास केन्द्रबाट एक साथ पठन–पाठन सुरु गरिएको मल्लको भनाइ छ । वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखबहादुर सिंहले विद्यालय पोसाकमा विद्यालय आउनका लागि शिक्षक तथा विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गरिएको बताउनु भयो । पठनपाठन क्रियाकलाप सञ्चालनमा आएपछि विद्यार्थीहरू नियमित रुपमा विद्यालय आउने गरेका छन् । अभिभावकहरूले आफ्ना बालबालिकालाई मास्क, स्यानिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button