तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात भएको छ । 

उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देवी चौधरीले आफ्नो स्वास्थ्य बिमा गराई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा उहाँले स्वास्थ्य बिमा हरेक परिवारका लागि अपरिहार्य भएको बताउनुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलले बिमा अभिकर्ताहरुलाई बिमाको महत्त्वको बारेमा जानकारी दिँदै सर्बसाधारणहरुलाई यसको विषयमा जानकारी दिन सके स्वास्थ्य बिमाको लाभ धेरैले लिन सक्ने बताउनुभयो । 

कार्यक्रममा उपमहानगरपालिकाको २४ वटै वडामा एक, एक जना अभिकर्ताहरुको व्यवस्था गरिएको छ । मानिसहरूले ती अभिकर्ताहरुको माध्यमबाट आफ्नो स्वास्थ्य बिमा गर्न पाउने छन् । 

एउटा परिवारबाट पाँच जना सम्मको रु ३ हजार पाँच सय र थप प्रति सदस्य रु ७ सय पर्दछ । प्रति परिवार प्रति बर्ष पाँच जनासम्म एक लाख रुपैयाँ र त्यसपछिको प्रति सदस्य बिस हजारको दरले बढीमा दुई लाख रुपैयाँ सम्मको सेवा सुविधा पाउने उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button