पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु
काठमाडौँ । सप्तरीमा पोखरीमा डुबेर पछिल्लो पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ ।
शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय राम पुकारको गए राति पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर पछाडि रहेको पोखरीमा डुबेर बेहोस भएका उनलाई उपचारका लागि राजविराज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
योसँगै पछिल्लो पाँच दिनको अवधिमा डुबेर मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको छ ।
यो वर्ष मात्रै सप्तरीमा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन् ।








प्रतिक्रिया राख्नुहोस्