तिलाठी कोइलाडी गाउँपालिकाका बाढीपीडित राहत हस्तान्तरण

सप्तरी । नेपाल भारत महिला मैत्री समाजले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी पहिरो पीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
आज आइतबार राजविराजमा आयोजित एक कार्यक्रमका बीच भारत सरकारबाट प्राप्त सहयोग मैत्री समाजले करिब एक सय पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरिएको हो ।
सप्तरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमलाई महिला मैत्री समाजका अध्यक्ष तथा सङ्घीय सांसद चन्दा चौधरीले करिब ४२ लाख बराबरको राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौधरीले राहत वास्तविक पीडित समक्ष पुर्याउन आग्रह गर्नुभयो ।
त्यस्तै, जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमले सहयोगका लागि भारत सरकार र महिला मैत्री समाजलाई धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्