तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस कञ्चनपुरका ९ स्थानीय तहका पार्टी सभापतिहरू

कञ्चनपुर । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा शनिबार गाउँ–नगर अधिवेशन सम्पन्न भएको छ । केही स्थानीय तहहरूमा मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको छ भने केही स्थानीय तहहरूमा सर्वसम्मत रूपमा पालिका सभापति  चयन गरिएको छ । 

मतदान भएका पालिकाहरू मध्ये पुनर्वास नगर समितिमा शुकबहादुर तामाङ, बेलौरी नगर समितिमा पेपुराम चौधरी, लालझाडी गाउँ समितिमा श्रीकृष्ण राना, बेलडाँडी गाउँ समितिमा गजबहादुर बिष्ट, वेदकोट नगर समितिमा तुलाराम साहु र भीमदत्त नगर समितिमा अच्युतराज कलौनी सभापतिमा निर्वाचित हुनु भएको छ । 

कञ्चनपुरका ३ वटा पालिकाहरूमा सर्वसम्मत रूपमै नगर सभापति चयन गरिएको छ । जसमध्ये कृष्णपुर नगर समितिमा विष्णु खड्का,  शुक्लाफाँटा नगर समितिमा दानबहादुर ऐर र दोधाराचाँदनी नगर समितिमा राजेन्द्र मल्ल निर्विरोध नगर सभापतिमा चयन हुनुभएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button