तनहुँका ८ स्थानीय तहमा काँग्रेसको नेतृत्व चयन, दुईमा स्थगित (कहाँ को ? नामावलीसहित)

तनहुँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत असोज ९ गते शनिबार तनहुँका गाउँपालिका तथा नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।
जिल्लाको ८ वटा स्थानीय तहमा नेतृत्व चयन भएको छ भने दुई वटा स्थानीय तहमा अधिवेशन स्थगित भएको छ ।
जिल्लामा केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने कहीँ निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ ।
व्यास नगरमा हड्खलेनेपाली कांग्रेस व्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित हुनुभएको छ ।
पार्टीको व्यास नगर अधिवेशन अन्तर्गत शनिबार भएको मतदानमा सभापतिमा विजयी हड्खलेले सभापति पदका प्रत्याशी डम्बरबहादुर अधिकारीलाई पराजित गर्नुभएको हो ।
कुल ४ सय ४३ मतदाता मध्ये ४ सय ३२ ले मतदान गरेको निर्वाचनमा सभापतिमा विजयी हड्खलेले दुई सय ८२ मत पाउनुभयो । प्रत्याशी अधिकारीले एक सय ४१ मत पाउनु भएको छ ।
अधिवेशनबाट उपसभापतिमा क्या.सुर्जकुमार मल्ल र शोभा अधिकारी विजयी हुनुभयो । मल्लले २९४ र अधिकारीले ३३० मत पाउनुभयो ।
सचिवमा सुरेश पूरी र खेमराज पोख्रेल निर्वाचित हुनुभयो । सचिव पुरीले २८९ र पोख्रेलले २८१ मत पाउनुभयो ।
दुई मत बदर भएको थियो ।
भानुमा रामकुमार श्रेष्ठनेपाली कांग्रेस भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
अधिवेशन अन्तर्गत सभापतिमा निर्वाचित श्रेष्ठले १३९ मत पाउँदा प्रत्याशी नवीनराज दाहालले १२५ मत पाउनुभयो ।
उपसभापतिमा राजन श्रेष्ठ १५३ मत र उर्मिला पन्त १४१ निर्वाचित हुनुभएको छ ।
सचिवमा सीताराम बानियाँ १३६ तथा दीपेन्द्र अधिकारी १२६ मतका साथ विजयी हुनुभएको छ ।
सहसचिवमा १२६ मतसहित नवीन रानाभाट र १५७ मतसहित सुदिप केसी विजयी हुनुभएको छ ।
शुक्लागण्डकीमा गोपीबहादुर गुरुङनेपाली काङ्ग्रेस शुक्लागण्डकी नगर कार्यसमिति सभापतिमा गोपीबहादुर गुरुङ सर्वसम्मत हुनुभएको छ । सभापतिका लागि ८० वर्षीय पुराना नेता गुरुङको मात्रै उम्मेदवारी परपछि उहाँ सर्वसम्मत हुनुभएको हो । गुरुङ दुवै प्यानलको साझा उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको थियो ।
उपसभापतिमा कृष्णप्रसाद रेग्मीले निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी बालकृष्ण पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो ।
रेग्मीले कार्यकारी पदमा पपुलर भोट १५४ प्राप्त गर्दा पौडेलले ९० भोट पाउनुभयो ।
भिमादेवी खत्री मञ्जुले १०४ भोट प्राप्त गर्दै उपसभापतिमा विजयी हुनुभएको छ । उहाँको निकटमा प्रतिस्पर्धी सपना पराजुलीले ८९ मत पाउनुभयो ।
सचिवमा दिपेन्द्र पौडेल र शिवराज रेग्मीले विजयी हुनुभएको छ । यी दुईले क्रमशः १४१ र १११ भोट पाउनुभएको छ । मदन श्रेष्ठले १०६ र धिरजविक्रम खाँणले ६९ मत प्राप्त गर्नुभएको छ ।
सहसचिवमा भिष्म श्रेष्ठ र राजेश खनाल निर्वाचित हुनुभएको छ । उहाँहरूले क्रमशः : १४९ र १२५ मत पाएर विजयी हुनुभएको हो ।
निकटतम प्रतिस्पर्धी टेकनारायण कोइरालाले ६६ र बिष्णुहरी पन्थीले ७६ मत ल्याउनुभएको थियो ।
बन्दिपुरमा कर्णबहादुर खत्रीनेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको बन्दिपुर गाउँ कार्यसमितिको सभापतिमा कर्ण बहादुर खत्री निर्वाचित हुनुभएको छ ।
उहाँले बैस बहादुर गुरुङलाई हराउँदै निर्वाचन जित्नु भएको हो । खत्रीले ६७ मत पाउँदा गुरुङले ४५ मत मात्रै पाउनुभयो
यस्तै उपसभापतिमा कृष्णराज अधिकारी र गणेश बहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
उहाँहरूले घनश्याम उपाध्यायले भन्दा धेरै मत ल्याएर निर्वाचित हुनुभएको हो ।
अधिकारीले ७२, गुरुङले ९३ र उपाध्यायले ४५ मत पाउनुभएको थियो ।
यस्तै सचिवमा कर्णबहादुर गुरुङ र सुनिल श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । सहसचिवमा चन्द्र बहादुर कार्की र रामचन्द्र भण्डारी निर्वाचित चयन हुनुभएको छ । त्यस्तै अन्य सबै पदमा निर्विरोध चयन भएको छ ।
देवघाटमा तिलबहादुर थापायस्तै देवघाट गाउँ कार्यसमितिको सभापतिमा तिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सभापतिमा अर्जुन अधिकारी पछाडि हटेपछि थापा निर्विरोध निर्वाचित हुनुभएको हो । थापा काङ्ग्रेस युवा नेता पूर्णबहादुर गुरुङ निकट हुनुहुन्छ ।
आँबुखैरेनीमा विष्णु पन्तयस्तै नेपाली कांग्रेस आँबुखैरेनी गाउँपालिकाको सभापतिमा विष्णु पन्त निर्वाचित हुनुभएको छ ।
उहाँले आफ्ना प्रतिस्पर्धी प्रितम बहादुर गुरुङलाई हराउँदै विजयी हुनुभएको हो । पन्त काङ्ग्रेस नेता शङ्कर भण्डारी निकट हुनुहुन्छ ।
कुल खसेको ९९ मत मध्य पन्तले ५६ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रत्याशी उम्मेदवार गुरुङले ३९ मत मात्रै ल्याउनुभयो । खसेको कुल मत मध्य ४ मत बदर भएको थियो ।
यस्तै उपसभापति पदमा भएको मतदानमा सबैभन्दा बढी मत ल्याएर विजय गुरुङ र गोला प्रथाद्वारा कर्ण बहादुर गुरुङ विजयी हुनुभएको छ ।
तरुण दल आँबुखैरेनीका सभापति समेत रहनुभएका विजय गुरुङले सबैभन्दा बढी ६३ मत ल्याउनु भएको हो । उपसभापतिका अन्य प्रत्याशीहरू मध्य शालिग्राम अधिकारी र कर्ण बहादुर गुरुङले ४२/४२ मत ल्याएपछि गोला प्रथाद्वारा गुरुङ विजयी भएको हो ।
उपसभापतिका अर्का प्रत्याशी केशर बहादुर के.सी.ले भने सबैभन्दा कम २३ मत ल्याउनुभयो ।
यसैगरी अधिवेशनले अन्य पदहरूमा भने निर्विरोध निर्वाचित गरेको छ । जसमध्ये सचिवमा दिनेश केसी र चेत बहादुर थापा, सह–सचिवमा दिपक कुमार श्रेष्ठ र कुमार गुरुङ निर्वाचित हुनुभएको छ । साथै अन्य पदमा पनि निर्विरोध चयन भएका छन् ।
म्याग्देमा रामभक्त घिमिरेनेपाली कांग्रेस म्याग्देको सभापतिमा रामभक्त घिमिरे निर्वाचित हुनुभएको छ । ]
शनिबार भएको मतदानबाट घिमिरे गाउँ कार्यसमितिको सभापतिमा निर्वाचित हुनुभएको हो ।
घिमिरेले एक सय ९ मत प्राप्त गर्दा प्रतिस्पर्धी विनोद खनालले ३९ मत प्राप्त गर्नुभएको थियो ।
उपसभापतिमा चिनीमाया थापा एक सय ३१ र पुष्पराज खनाल एक सय १० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उपसभापतिका प्रत्याशी होमबहादुर नेपालीले ३७ मत प्राप्त गर्नुभयो ।
यसैगरी सचिवमा गौरवराज राना एक सय १९ र सुन्दरमणि अधिकारी ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
सचिवका प्रत्याशी दीपककुमार श्रेष्ठले ४९ र श्रीराम घिमिरेले २१ मत प्राप्त गर्नुभयो ।
सहसचिवमा श्रीभद्र आचार्य १०५ र सुरज थापा ११४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
सहसचिवका प्रत्याशी विकासराज खनालले ३६ र सङ्गम कायस्थले २३ मत प्राप्त गर्नुभएको छ । सदस्यहरु भने निर्विरोध निर्वाचित हुनुभएको छ ।
घिरिङमा यम थापानेपाली कांग्रेस घिरिङको सभापतिमा यम थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
घिरिङमा सम्पन्न अधिवेशनले सभापतिमा थापालाई सर्वसम्मत निर्वाचित गरेको हो ।
बाँकी पदमा पनि सहमतिको प्रयास भइरहेको नेपाली कांग्रेस घिरिङले जनाएको छ ।
भिमाद र ऋषिङमा अधिवेशन स्थगितनेपाली कांग्रेस भिमाद गाउँपालिका र ऋषिङ गाउँपालिकाको अधिवेशन सहमतिका लागि भन्दै स्थगन गरिएको छ ।
नेपाली कांग्रेस भिमाद नगर समितिको अधिवेशन सहमतिका लागि स्थगित गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
भिमादको नगर सभापतिमा रामकृष्ण राना र अर्जुन श्रेष्ठ दाबेदार छन् । अन्य पदमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको छ ।
यस्तै ऋषिङ गाउँपालिकाको सबै वडामा सबै पद सर्वसम्मत भए पनि गाउँपालिका सभापतिका लागि मतदान हुन लागेको भन्दै तरुण दलले विरोध जनाएपछि मतदान प्रक्रिया स्थगित भएको हो ।
गाउँपालिका सभापति पदका लागि दानबहादुर श्रेष्ठ, तिलबहादुर थापा र भोजराज रानाभाट नेतृत्व दौडमा हुनुहुन्छ ।
तरुण नेता जीवन चन्द ठकुरीले सबै पदमा सहमति गरे पनि सभापति पदमा मतदान भएमा त्यसले कांग्रेस एकता बिग्रने र स्थानीय चुनावमा नराम्रो असर पार्ने भन्दै सहमतिका लागि दबाब दिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्