प्रमुख जिल्ला अधिकारीको टोलीद्वारा नेपाल– भारत सीमा क्षेत्र अनुगमन

राजविराज । सप्तरीको बलान विहुल गाउँपालिका अन्तरगत पर्ने नेपाल– भारत सीमा क्षेत्रमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नेतृत्वको टोली बलान विहुल गाउँपालिका–४ बेल्ही स्थित नेपाल भारत सीमा क्षेत्रमा पर्ने जङ्गे पिलरको अनुगमन गरिएको छ ।अनुगमनमा रहेका प्रमुख जिल्ला अधिकारी गौतमलाई स्थानीय व्यापारीहरूले गाउँपालिका अन्तरगत रहेको छोटी भन्सार कार्यालय तत्काल खुलाउन ध्यानाकर्षण समेत गराएका छन् ।
स्थानीय व्यापारी घनश्याम मण्डल समूहले कोभिड–१९ को कारण छोटी भन्सार बन्द हुँदा नेपाल सरकारलाई लौखाको राजस्व गुमाउनु परेको बताउनुभयो । उहाँहरूले तत्काल समस्याको समाधान गर्न अधिकारी गौतमलाई ध्यानाकर्षण गराउनुभयो ।
बन्द अवस्थामा रहेका छोटी भन्सार कार्यालयलाई तत्कालै सञ्चालनमा ल्याउन पहल गर्ने अधिकारी गौतमले स्थानीयलाई आश्वासन दिनुभयो । अनुगमनमा प्रमुख जिल्ला अधिकारी गौतम सँगै बलान विहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेल्ही प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुभाष पुलामी , सशस्त्र प्रहरी निरीक्षक लाल बहादुर खडका, प्रहरी चौकी बेल्ही प्रहरी सहायक निरीक्षक दीप बहादुर बस्नेत सहितको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्