बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ५ बाँकेका २२ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका वडा नम्बर ४ का ७२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३४ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १८ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्