उपकुलपतिलाई काममा फर्किन अदालतको आदेश
जनकपुरधाम । प्रदेश नं. २ को मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहलाई कामकाज गर्नका लागि उच्च अदालत जनकपुरधामले अनुमति प्रदान गरेको छ ।
उच्च अदालत जनकपुरका हरि बगाले तथा रमेश ढकालको संयुक्त इजलासले साहलाई कामकाज गर्ने गरी आदेश दिएको हो ।
यसअघि, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन कानुनसम्मत नभएको भन्दै कानुन बनाएर मात्र पदाधिकारी नियुक्त गर्न तथा सुविधा दिनका लागि आदेश दिँदै उपकुलपति डा. साह, रजिस्ट्रार डा. विनोद यादव तथा शिक्षाध्यक्ष डा. अङ्कुर कुमार साहको सेवा सुविधा रोक्का गर्ने आदेश भएको उच्च अदालत जनकपुरधामले जनाएको छ ।
उपकुलपतिलाई काममा फर्किनका लागि आदेश दिए पनि सेवा सुविधा फुकुवा नगरेको उच्च अदालत जनकपुरधामले जनाएको छ ।
रजिस्ट्रार र शिक्षाध्यक्षको हकमा भने उच्च अदालतले कुनै आदेश दिएको छैन ।








प्रतिक्रिया राख्नुहोस्