राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दामा अन्तरिम आदेश भएन
काठमाडौँ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले आज कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्चमा छ रिट निवेदन दर्ता भएका छन् ।
रिटमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न माग गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ गते अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्