अवैध रुपमा नगर विकास समितिको जग्गा लिने नेता तथा कार्यकर्तालाई एमालेले कारबाही गर्ने

कञ्चनपुर । नेकपा (एमाले) कञ्चनपुरले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रुपमा लिने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा दोषी ठहरिएका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने जनाएको हो ।
एमाले कञ्चनपुरका इन्चार्ज निरूदेवी पालले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता तथा कार्यकर्तालाई कारबाही गरिने बताउनुभयो ।
आयोगको केन्द्रीय टोलीले केही दिनदेखि नगर विकास समितिको जग्गा प्रकरणको छानबिन गरिरहेको छ ।
जग्गा अवैध रुपमा लिनेमा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चालगायत दलका नेता कार्यकर्ता रहेकाछन ।








प्रतिक्रिया राख्नुहोस्