एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले जारी छ ।
ललितपुरस्थित तुलसीलाल प्रतिष्ठान च्यासलमा जारी बैठकले विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमालेले जनाएको छ ।

बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यी तीन वटै प्रस्तावहरू छलफलपछि बैठकले पारित गर्नेछ ।
नेकपा एमालेले यही असोज १५ देखि १७ सम्म काठमाडौँमा विधान महाधिवेशन आयोजना गर्दैछ ।








प्रतिक्रिया राख्नुहोस्