तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षको विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु

फाइल तस्बिर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरू ‘बेल’ घेर्न पुग्नुभएको थियो ।  

सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटक पटकको आग्रह गर्दा पनि विपक्षीको अवरोध कायमै रहेका बेला  बैठकको कार्यसूचीका विषय अगाडि बढाउनुभएको थियो । 

आजको बैठकमा ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ माथि छलफल गरी पारित गर्ने कार्यसूची  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button