पोखराको तिवारी फोम हाउसमा आगलागी : ६५ लाखभन्दा बढीको क्षति

कास्की । पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागी भएको छ ।
मङ्गलवार राती करिब ९ बजेको समयमा आगलागी भएको पसलका सञ्चालक थानेश्वर तिवारीले बताउनुभयो ।
पसलमा आगलागी हुँदा फोम, म्याट्रेस, कुसन कार्पेट लगायतका बस्तुहरू जलेर नष्ट भएको तिवारीले बताउनुभयो ।
ध्रुव राजभण्डारीको घर भाडामा लिएर तिवारीले पसल सञ्चालन गर्दै आउनुभएको थियो ।
पसलमा भएको आगलागीबाट करिब ६५ लाख बराबरको क्षति भएको तिवारीको भनाइरहेको छ ।
पोखरा महानगरको वारुणयन्त्र, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र मानवीय क्षति भने नभएको कास्की प्रहरी जनाएको छ ।
विगत १० वर्षअघि सुरु भएको उक्त पसल न्यूरोडमा सञ्चालित रहेकोमा एक महिना अघि मात्र उक्त ठाउँमा स्थानान्तरण गरिएको थियो ।
आगलागीको कारण भने खुल्न सकेको छैन । चट्याङका कारण विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्