तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घट्यो

चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८, ०७९ को भाद्र महिनामा सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् ।जसमध्ये १८ जना गम्भीर घाइते भएका थिए भने ५५ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भदौ महिनामा ५ जना पुरुष २ जनाको मृत्यु भएको थियो । यस्तै उक्त महिनामा १२ जना पुरुष, महिला ३ जना र ३ जना बालक गम्भीर भएका थिए । उक्त महिनामा ३० जना, महिला १७ जना, बालक ५ जना र बालिका ३ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । सो अवधिमा ४२ वटा वटा दुर्घटना भएका थिए भने ६३ वटा दुर्घटना भएको थियो । जसअनुसार ६ वटा ट्याक्टर, पाँच वटा बस, जिप कार पाँच वटा, ट्याक्टर २ , ट्याम्पो ३ वटा , ३४ वटा मोटरसाइकल र अन्य साना ८ वटा सवारी दुर्घटनामा परेका थिए । भदौ महिनामा १८ लाख ३६ हजार रुपैयाँ बराबरको भौतिक क्षति अनुमान भएको ट्राफिक प्रहरीको अनुमान छ ।

साउन महिनामा ११, भदौमा ७ को मृत्यु

चितवनमा अघिल्लो महिना साउनको तुलनामा भदौमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । कार्यालयका अनुसार साउन महिनामा सवारी दुर्घटनाबाट ११ जनाको मृत्यु भएको थियो । ती मध्ये ९ जना पुरुषको मृत्यु भएको थियो भने, २ जना महिलाको मृत्यु भएको थियो । सो महिनामा २३ जना गम्भीर घाइते भएका थिए भने ५२ जना सामान्य घाइते भएका थिए ।

सो अवधिमा ५१ वटा दुर्घटना भएको थियो भने ७८ वटा सवारी दुर्घटना परेका थिए । जसअनुसार ट्रक १६ वटा, बस, ३ वटा । माईक्रोबस ४ वटा जीप कार १४ वटा , ट्याक्टर २ वटा , ट्याम्पो २ , मोटरसाइकल ३१ वटा , साना सवारी ४ वटा र अन्य सवारी दुई वटा दुर्घटनामा परेका थिए । श्रावण महिनामा ९६ लाख ६२ हजार रुपैयाँ बराबरको भौतिक क्षतिको अनुमान गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले पछिल्ला महिनामा यातायात व्यवस्था सेवा कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा चेकिङ तीव्र पारिएकोले गम्भीर दुर्घटना सँगै मृत्युको सङ्ख्यामा कमी आएको बताउनु भयो । ‘हामीले अहिले यातायात कार्यालयसँग समन्वय गरेका छौँ, दैनिक साँझ मापसे चेकिङ गरेका छौँ उहाँले भन्नुभयो, केही समय अघिबाट मात्र सरप्राइज र छड्के चेकिङ पनि गर्दै आएका छौँ ।’ चालक, विद्यार्थी र नागरिकहरूलाई समेत कार्यक्रम नै गरी सचेतना जगाइएकोले मृत्युको सङ्ख्यामा कमी आएको थापाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button