तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त परराष्ट्र मन्त्री खड्काद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनुभएको हो । 

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्री गण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनहुन्थ्यो ।

मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button