तपाईँ सुन्दै हुनुहुन्छः

इलाका प्रहरी कार्यालय भेडियाको नयाँ भवन उद्घाटन

राजविराज  । सप्तरीको इलाका प्रहरी कार्यालय भेडियाको नयाँ भवन उद्घाटन गरिएको छ।

नवनिर्मित उक्त भवनको आज प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले उद्घाटन गर्नुभएको हो ।

उद्घाटनका अवसरमा बोल्नुहुँदै मन्त्री साहले प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारको भएको बताउनुभयो । उहाँले प्रहरी प्रशासनको कार्यालय एवम् आवास व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“प्रहरी प्रशासनको व्यवस्थित कार्यालय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरू मध्ये एक हो”, उहाँले भन्नुभयो  ,“हामी प्रदेश नम्बर २ का सम्पूर्ण प्रहरी प्रशासनको कार्यालय एवम् आवास व्यवस्थित गर्न प्रतिबद्ध छौँ।”

कार्यक्रममा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, प्रदेश सांसद पसमिना कादरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलालगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button