तपाईँ सुन्दै हुनुहुन्छः

सेतीमा बेपत्ता महिलाको शव ८ दिनपछि फेला

तनहुँ । सेती नदिमा बेपत्ता १९ वर्षीया पवित्रा लम्साल ८ दिनपछि मङ्गलवार मृत भेटिएकी छिन् । भदौ २९ गते २ साथीहरूसँग सेती किनारमा तस्बिर र भिडियो(टिकटक) खिच्न गएकी लम्साल खसेर बेपत्ता भएकी थिइन् । 

उनको शव भिमाद–८ स्थित प्रहरी कार्यालय भिमाद मुनि फेला परेको इप्रका बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘शव चिन्न नसकिने अवस्थामा थियो, आफन्तहरू आएर उनले लगाएको औँठी र दाँतको आधारमा पहिचान भयो ।’ 

बिहान ८ बजे सेती छेउमा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमको लागि दमौली ल्याइएको प्रहरीले जनाएको छ । सेतीमा बेपत्ता भएको ५ दिनअघि मात्र उनको विवाह भएको थियो । स्याङ्जाको हरिनाश घर भएकी उनी शुक्ल गण्डकी–८ लालीलममा आफन्तको घरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button