अमेरिकी डलरसहित प्राय देशको मूल्य भने ओरालो
काठमाडौं । नेपाली बजारमा साताको पाचौं दिन आज (बिहीबार) यूके पाउण्डसहित केही देशको भाउ बढेपनि अमेरिकी डलरसहित प्राय देशको मूल्य भने ओरालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६० पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ३४ पैसा र बिक्रिदर १४६ रुपैयाँ १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्