तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा ८ लाख ७५ हजार ९ सय ५९ जना कोरोनाबाट संक्रमित

File photo

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट हालसम्म ८ लाख ७५ हजार ९ सय ५९ जना संक्रमित बनेका छन् । 

आज देशभर १ हजार ३ सय ३० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

९ हजार ६ सय २६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ३६ जना तथा ३ हजार ९ सय ९६ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २ सय ९४ जना गरी जम्मा १ हजार ३ सय ३० जनामा  संक्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको हो । 

देशभर आज कोरोना सङ्क्रमणबाट १ हजार ८ सय ३० जना मुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५४ हजार जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव ९ प्रतिशत रहेको छ । 

आज कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३ जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २१ हजार ५ सय २४ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

जसमा ३ सय ३५ जनाले आइसियु र १ सय ७ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button