भारतीय अस्पतालमा छटपटाउँदै सल्यानकी तिला विक

सल्यान । पाठेघरको शल्यक्रिया पश्चात् झनै समस्या भएपछि भारतको एक अस्पतालमा सल्यानकी ३८ वर्षिया तिला विक छटपटाइ रहनुभएको छ ।
जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३, बाँझ कोट निवासी बिक थप उपचारका लागि आर्थिक समस्या भएपछि भारतको अहमदाबादमा छटपटाई रहनुभएको हो ।
नेपालमा रोग पत्ता नलागेपछि उपचार गर्न भारत पुग्नुभएकी तिलाको स्वास्थ्यमा समस्या बढेसँगै उपचारको लागि श्रीमान् पदम विकले सहयोगको अपिल गर्नुभएको छ । पदम भारतमा ज्याला मजदुरी गर्नुहुन्छ ।
तिलालाइ पाठेघरको समस्या थियो । नेपालमा उपचार गर्दा निको नभएपछि भारतमा पाठेघरको अप्रेसन भयो । एक हप्ता अस्पतालको बसाइपछि कोठामा पुग्नुभएकी तिलामा दुई हप्तापछि पेटमा समस्या देखियो । जाँच गराउँदा पेटमा पानी जमेको डाक्टरले बताएको श्रीमान् पदमले जानकारी दिनुभयो ।
तिलालाई सहयोग गर्न चाहने सहयोगी हातहरूले आफ्नो भारतीय मोबाइल नम्बर ७४८७९५९७८४ मा सम्पर्क गर्न सक्ने भन्दै पदमले सहयोगको याचना गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्