सवारी आवागमन छिट्टै खुल्ने भएपछि पर्यटन व्यवसायी उत्साहित

वीरगन्ज । डेढ वर्षदेखि रोकिएको बीरगंज रक्सौल नाकाको सवारी आवागमन अब छिट्टै खुल्ने भएपछि वीरगन्जका होटेल, पर्यटनसँग सम्बद्ध व्यवसायी उत्साहित भएका छन् ।
वीरगन्जका होटेल तथा पर्यटन व्यवसायी सहितको प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्दै वीरगन्ज रक्सौल नाकामा डेढ बर्ष देखि रोकिएको सवारी आवागमन सुचारु गर्न माग गरेका थिए ।
त्यस क्रममा प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमणको कारण नेपाल–भारत सीमा नाकाबाट अवरुद्ध भएको सवारी साधनको आवागमन शीघ्र खुलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
व्यवसायीको ज्ञापन पत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमा नाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनुभएको होटेल तथा पर्यटन व्यवसायी सङ्घ वीरगन्जका अध्यक्ष हरि पन्तले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्