तपाईँ सुन्दै हुनुहुन्छः

‘सुशासन कायम राख्नका लागि कर्मचारीतन्त्र इमान्दार बन्न आवश्यक’

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम राख्नका लागि कर्मचारीतन्त्र इमान्दार बन्न आवश्यक भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले महोत्तरीको बर्दिबासमा आयोजना गरेको ‘स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन सम्बन्धी समीक्षा एवं अनुशिक्षण कार्यक्रम’ मा कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनै नसक्ने बताउँदै जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा समेत स्थायी सरकारको रुपमा रहने कर्मचारीहरूकै रहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्याङ्कन रहेको उल्लेख गर्दै स्वमूल्याङ्कनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button