कोरोनाको खोप बिक्री गर्ने दुई जना पक्राउ
जनकपुरधाम । धनुषामा कोरोना विरुद्धको खोप निजी स्वास्थ्य संस्थाले बिक्री गरेको पाएपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको शहिदनगर नगरपालिकामा रहेका श्रीराम हेल्थ केयरले आम व्यक्तिसँग २ हजार ५ सयमा खोप बिक्री गरेको थाहा पाएपछि नगरपालिकाको स्वास्थ्य शाखा र स्थानीय प्रहरी मिलेर छापा मार्दा सोही नगरपालिकाका देव शरण यादव, कमलेश मण्डल पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिनुभयो ।
उनीहरूबाट प्रहरीले भेरोसेल ४ भाईल, जोनसन एन्ड जोनसन्स १ भाईल तथा अस्ट्राजेनेका १ भाईल बरामद गरेको छ । नेपाल स्वास्थ्य सेवा ऐन २०५५ अनुसार उनीहरूमाथि मुद्दा चलाइएको र अदालतबाट म्याद पनि थप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्