तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको बिदाइ

काठमाडौँ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको बिदाइ सुखद भएको छ । उनले नेपाली टिमका लागि प्रशिक्षण गरेको अन्तिम खेलमा ओमानलाई सात विकेटले हराउँदै सुखद बिदाइ गरेको हो ।

जाँदा जाँदै ह्वाटमोरले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट सङ्घले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरू आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले बलियो टिमसँग खेल्न आवश्यक रहेको बताउनुभयो । 

ह्वाटमोर अब बरोडा क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा जानुहुनेछ । नेपाली टिमको मुख्य प्रशिक्षकमा ८ महिना काम गरेका ह्वाटमोरले ओमान गएपछि अचानक राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button