तपाईँ सुन्दै हुनुहुन्छः

घरको तलाबाट हाम फाल्दा एक युवतीको मृत्यु

सुनसरी । घरको तलाबाट हाम फाल्दा मोरङको सुन्दरहरैँचाकी एक युवतीको मृत्यु भएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार घरको चारतला माथिबाट हाम फालेकी सुन्दरहरैँचा नगरपालिका–९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको हो ।

डिएसपी श्रेष्ठका उनका अनुसार शनिबार राति ८ः३० बजेतिर घरमाथिबाट हाम फाल्दा रुवि गम्भीर घाइते भएकी तत्काल उद्धार गरेर उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको उनको उपचारका क्रममा राति ९ः४५ बजेतिर मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनुभयो । 

घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button