तपाईँ सुन्दै हुनुहुन्छः

उज्यालो बन्दै महाकुलुङ

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले ग्रामीण विद्युतिकरणका लागि सामुदायिक ग्रामीण विद्युतीकरण विभागसँग सम्झौता गरेको छ ।

सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, गाउँपालिका र जिआईजेटको गरी जम्मा करिब १५ करोड रुपियाँको लागतमा हुने विद्युतीकरणका लागि गाउँपालिका अध्यक्ष सागर किराँती र विभागका निर्देशक अनिरूद्रप्रसाद यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

गाउँपालिकाका पाँचै वटै वडामा विद्युतीकरणका लागि सम्झौता गरिएको हो । महाकुलुङसम्मका लागि १६ थान ट्रान्सफर्मर प्रयोग हुने छन् । जसमा एक सय केभिए सात थान, ५० केभिए एक थान, २५ केभिए सात थान ट्रान्सफर्मर प्रयोग गरिने छ । त्यस्तै, स्टिल ट्युबलर ११ मिटरको ९६२ थान र आठ मिटरको एक हजार ३६६ थान प्रयोग गरिने सम्झौता–पत्रमा उल्लेख छ । 

विद्युतीकरणका लागि चाँडै टेन्डर आव्हान हुने महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । उज्यालो गाउँपालिका बनाउने उद्देश्यलाई पूर्णता दिलाउनका लागि सम्झौताले मद्दत पुर्‍याएको उहाँको भनाइ छ । 

अहिले त्यस क्षेत्रमा लघु जलविद्युत आयोजनाबाट विद्युत् आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button