महिला जन प्रतिनिधिका लागि चार दिने तालिम सुरु

डडेलधुरा । डडेलधुरामा महिला जनप्रतिनिधिहरूका लागि उद्यमशीलता सम्बन्धी ४ दिने तालिम सुरु भएको छ ।
‘विकासको अवरोध जातीय तथा लैङ्गिक विभेद, नेपालमा सीमान्तकृत महिलाहरूको आवाज तथा अर्थपूर्ण सहभागिता’ पेभ परियोजना अन्तर्गत महिला जनप्रतिनिधिहरूलाई उद्यमशीलता सम्बन्धी ४ दिने तालिम सुरु भएको हो ।
दलित महिला सङ्घ फेडो डडेलधुराको आयोजना तथा ओम्यान काइन्डको सहयोगमा सञ्चालित तालिम लिन पाउँदा निकै खुसी भएको अमरगढी नगरपालिका ११ का वडा सदस्य गोमती विकले बताउनुभयो ।
कार्यक्रममै नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्वरी वलीले सिकेको सिपलाई सदुपयोग गर्न र व्यवहारमा लागु गर्न सके तालिमको औचित्य पुरा हुने बताउनुभएको छ ।
महिला जनप्रतिनिधिहरूलाई आफ्नो काम कर्तव्यप्रति अझ बढी जानकार गराउन कार्यक्रम सञ्चालन गरिएको दलित महिला सङ्घ फेडोका कार्यक्रम संयोजक सुनिता गैरेले बताउनुभयो ।
चार दिने तालिममा जिल्लाका अधिकास महिला जनप्रतिनिधीहरु सहभागी रहेका छन ।








प्रतिक्रिया राख्नुहोस्