बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर २ बाँकेकी ६० वर्षीया महिला र मधुवन नगरपालिका २ बर्दियाकी ४२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३१ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १३ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्