ताप्लेजुङको फुङलिङ बजार आजदेखि खुल्ला
ताप्लेजुङ । प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङको फुङलिङ बजार दशैं–तिहार जस्ता चाडपर्व नजिकिन थालेपछि आजदेखि खुल्ला गरिएको छ ।
चाडपर्वको समयमा उपभोक्तालाई सहजता पुर्याउने उद्देश्यका साथ आजदेखि बजार खुल्ला गरिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले जनाएको छ ।
वाणिज्य सङ्घले असोज १ गते शुक्रवारबाट कात्तिक १९ गतेसम्म बजार खुल्ला गर्ने निर्णय लिएको वाणिज्य संघका कार्यकारी भीष्मराज बरालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्