तपाईँ सुन्दै हुनुहुन्छः

बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । 

गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एक कार्यक्रमका बीच भवनको शिलान्यास गर्नुभयो ।

बलेफी गाउँपालिका–५ बागले गाउँका स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएपछि गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएको हो ।

कूल ६ करोडको लागतमा भवन निर्माण हुन लागेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । 

गाउँपालिकाको आफ्नै भवन नहुँदा पालिकाद्वारा हुने गरेको सम्पूर्ण काम कारबाही भाडाको भवनबाट सञ्चालन हुँदै आएको छ । 

शिलान्यास कार्यक्रममा गाउँपालिकाको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने नौ जना जग्गादाताहरूलाई ढाकाको टोपी लगाएर सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button