तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाले

जनकपुरधाम । धनुषा सहित प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा कोरोनाको संक्रमण बढ्न थालेको छ । एकै दिनमा धनुषा सहित प्रदेश भरिमा २४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

निक्कै समयपछि एक्कै दिनमा धनुषामा १२ जनामा कोरोनाको संक्रमित व्यक्ति फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा ४ जना कोरोनाका संक्रमित फेला परेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

यसै गरी शहिदनगर नगरपालिकामा १ जना, मिथिला नगरपालिकामा ३ जना, धनौजीमा २ जना तथा औरहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विगत केही समय यता कोरोनालाई बेवास्ता गर्ने गरेको, स्वास्थ्य सुरक्षा सावधानी अपनाउन छाडेको ठाउँ ठाउँमा भिड बढेको कारणले कोरोनाको संक्रमण बढ्न थालेको छ । 

यसै गरी प्रदेश नंं २ को अन्य जिल्लाहरूमा पनि कोरोनाको सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । महोत्तरी जिल्लामा ४ जना, सिरहामा २ जना, सर्लाहीमा २ जना, सप्तरीमा १ जना, बारामा १ जना तथा पर्सा जिल्लामा २ जना गरेर कूल सङ्क्रमितको सङ्ख्या २४ जना एकै दिनमा थप भएको निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो । 

विगत केही समय यता विद्यालय, कलेज, बजार, यातायात तथा सरकारी कार्यालयहरू खुल्ला हुन थालेपछि भिड बढेको छ । भिड बढेका कारणले नै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । खास गरेर स्वास्थ्य सुरक्षा सावधानी सहित काम गर्न आवश्यक रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button