तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा थप २२ जनामा कोरोना पुष्टि

file photo

नेपालगञ्ज । बाँकेका प्रयोगशालामा थप २२ जनामा कोरोना पुष्टि भएको छ । 

यहाँका तीन वटा प्रयोगशालामा गरिएको १२९ नमुना परीक्षणमा बाँकेका १५ जनासहित २२ जनामा कोरोना पुष्टि भएको छ । आज ३ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट थप मृत्यु भएको छैन ।

भेरी अस्पतालमा २० जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १८ हजार १ सय २३ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ७ सय २७ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३० जनाको मृत्यु भएको छ ।

जिल्लामा ९० जना सक्रिय संक्रमित रहँदा २३ जना अस्पताल र आइसोलेसनमा छन् भने ८४ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button